दुईपूर्वमन्त्री राष्ट्रपतिको प्रतिस्पर्धामा, आज मतदान हुँदै

157
  •  
  •  
  •  

काठमाडौं ३१ जेठ (एजेन्सी) :  शनिबार अफगानिस्तानमा लाखौँ मतदाता राष्ट्रपति पदको निर्वाचनमा सहभाथिग हुँदैछन् । दोस्रो चरणको मतदानका लागि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । काबुल तथा ठूला नगरमा सुरक्षा निकायका कर्मचारीहरूलाई तालिवानको सम्भावित आक्रमण हुननदिन उच्च सतर्क अवस्थामा राखिएको छ । सरकारले राजधानी काबुलमा प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई निरीक्षण गर्न सबै सडक तथा संवेदनशील क्षेत्रमा प्रहरी तथा सैनिक तैनाथ गरेको छ । सुरक्षा नियकायले नगरमा गस्ती बढाएका छन् भने शङ्का लागेका गाडी तथा यात्रुको निरीक्षण गरिएको छ । पूर्व विदेशमन्त्री डा. अब्दुल्लाह अब्दुल्लाह तथा पूर्व अर्थमन्त्री डा. अस्रफ घानी अहमदजई यस प्रतिस्पर्धामा छन् ।
नयाँ राष्ट्रपतिले युद्धग्रस्त मुलुकलाई अर्को पाँच वर्षका लागि नेतृत्व प्रदान गर्नुपर्छ । गएको २४ घण्टामा सुरक्षा बलहरूले २९ सशस्त्र विद्रोही मारेको जानकारी गृह मन्त्रालयले दिएको छ । अफगानिस्तानको गृह तथा प्रतिरक्षा मन्त्रालयले तालिवानको चेतावनीलाई अस्वीकार गर्दै राष्ट्रिय सुरक्षा बलहरूले राष्ट्रपति पदको दोस्रो चरणको निर्वाचनमा सुरक्षा प्रदान गर्न आवश्यक सबै तयारी गरिसकेको जानकारी दिएका छन् ।


  •  
  •  
  •