विवादकाबीच नाइजेरियामा राष्ट्रपति चुनाव सारियो

145
  •  
  •  
  •  

काठमाडौं २५ (एजेन्सी) : नाइजेरियाको निर्वाचन आयोगले आगामी शनिबार गर्ने भनेको राष्ट्रपतीय चुनाव ६ हप्ता पछाडि सारेको घोषणा गरेको छ।

आगामी फेब्रुअरी १४ तारिखका लागि निश्चित गरिएको चुनाव अब मार्च २८ मा गर्ने भनिएको छ।
त्यसैदिनका लागि निश्चित संसदीय निर्वाचन पनि सारिएको छ।

प्रान्तीय गभर्नर र प्रान्तीय सभाका लागि २८ फेब्रुअरीका लागि निश्चित निर्वाचन पनि ११ एप्रीलका लागि सारिएको छ। आयोगका प्रमुखले उत्तर पूर्वी क्षेत्रमा व्याप्त असुरक्षाका कारण यो निर्णय लिनुपरेको बताएका छन् जहाँको भूभाग बोको हराम जिहादीहरुको नियन्त्रणमा छ।

मुख्य विपक्षी दलले निर्वाचन गर्न हुने जुनसुकै ढिलाइको विरोध गर्ने बताएको छ। नाइजेरिया निर्वाचन आयोगका अध्यक्ष अट्टाहिरु जेगाका अनुसार सेनाले उनलाई निर्वाचनका बेला सहयोग गर्न उपलब्ध नहुने जानकारी दिएपछि छ हप्ता पछाडि सार्नैपर्ने बाध्यता आएको हो।


  •  
  •  
  •