काठमाडौं अपडेटः कसको कति मत ?

94
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रतालाई निरन्तरता दिएका छन् ।

अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मतगएना हुँदा साहले ४१ हजार दुई सय ७९ मत प्राप्त गरेका छन् । साहले १७ हजार चार सय २४ मतको अग्रता बनाएका हुन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार आठ सय ५५ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाएका छन् । । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा आठ सय ३१ मतले अगाडि छन् ।


  •  
  •  
  •