६४ प्रतिशत मतदानः आयोग

36
  •  
  •  
  •  

काठमाडौं । स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको गरिएको बताए ।

धेरै मतदाता भएको ठाउँम अपेक्षा विपरीत कम मात्र मत खसेको प्रमुख आयुक्त थपलियाले बताए । काठमाडौंमै ५२ प्रतिशतमात्रै मतदान भएको छ ।

आयोगले यसअघि ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अनुमान गरेको थियो ।प्रमुख निर्वाचन आयुक्त थपलियाले एकैपटक निर्वाचन हुँदा सुरक्षा प्रबन्धमा समस्या भएको महसुस भएको बताए । त्यस्तै, राजनीतिक दल र उम्मेदवारहरूबाट समेत असहयोग भएको उनले बताए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here