स्थानीय तह निर्वाचनः देशभर शान्तिपूर्ण र उत्साहजनक मतदान

65
  •  
  •  
  •  

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान

काठमाडौं । निर्वाचन आयोगले देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको जनाएको छ शुक्रबार ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको भिड लागेको छ । अहिलेसम्म सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । मतदानमा वृद्ध वृद्धा, अशक्त, गर्भवती, सुत्केरी लगायतको पनि उत्साहजनक सहभागिता छ ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि मतदान सुरु भएको हो । चुनावमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकामा पुरुष मतदाताको सङ्ख्या ८९ लाख ९२ हजार १० र महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार ५३० छ ।

मेयरमा ७५३, उपमेयरमा ७५३, वडाध्यक्षमा ६ हजार ७४३, महिला र दलित महिला सदस्यमा ६ हजार ७४३ तथा खुला सदस्यमा १३ हजार ४८६ गरी ३५ हजार २२१ पदको लागि कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार छन् ।

जसमा पुरुष उम्मेदवारको सङ्ख्या ८९ हजार ३१३ र महिला उम्मेदवारको सङ्ख्या ५५ हजार ६९८ छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here