शुक्रबार बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने

78
  •  
  •  
  •  

काठमाडौं । स्थानीय तहको निर्वाचनको दिन शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।

निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध गरिएकोहो ।

बेलुकी मतदान सकिएपछि मात्रै सवारीसाधन सञ्चालन गर्न दिने नेपाल प्रहरीको तयारी छ । एकठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नहोस्, अनावश्यक प्रभाव पार्ने काम नहोस् भन्ने लगायतका कारणले मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here