मतदाता परिचय पत्र वितरण गर्दै आयोग, नागरिकताबाट पनि मत दिन पाइने

79
  •  
  •  
  •  

काठमाडौं । निर्वाचन आयोगले सबै मतदान स्थलबाट आज र भोली मतदाता परिचय पत्र वितरण गर्ने भएको छ।

मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका काम हुने आयोगले भनेको छ ।

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ मा मतदान स्थलहरूबाट मतदाता परिचय पत्र दिन लागिएको हो।

यस्तै आयोगले सोही समयमा मतदाता शिक्षा पनि दिने भएको छ। मतदान गर्ने सहि तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यद्यपि मतदाता नामावलीमा नाम भए नागरिकता देखाउँदा पनि भोट हाल्न पाइने आयोगले बताइ सकेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको जानकारी दिए ।

मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उहाँले नागरिकता प्राप्त गरेका सवै नागरिकले मतदान गर्ने पाउने गरि व्यवस्था गरिएको बताए ।


  •  
  •  
  •