निर्वाचन विशेष पर्यवेक्षकमा नौ जनालाई अनुमति, यादवलाई अस्वीकृत

94
  •  
  •  
  •  

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको अनुगमनका लागि विशेष पर्यवेक्षकमा निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्तदेखि पूर्वन्यायाधीशसम्म नौ जनालाई अनुमति दिएको छ।

आयोगले यसरी पर्यवेक्षणको अनुमति दिँदा निश्चित मापदण्ड तोकेर वितरण गर्ने परम्परा रहेको छ।

आयोगले एक जना पूर्वप्रमुख आयुक्तको नाम भने अस्वीकृत गरेको छ। यसरी अस्वीकृत हुनेमा पूर्व निर्वाचन आयुक्त आयोधीप्रसाद यादव छन् ।

उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभागको सदस्यको रुपमा देखिएकाले उनको नाम अस्वीकृत गरेको आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार उनलाई विशेष पर्यवेक्षणको अनुमति दिँदा राजनीतिक पार्टीमा संलग्न भएको भनी आरोप लाग्ने भएकाले उनीबाहेक अन्य ९ जनालाई दिएको हो।

यसरी विशेष पर्यपेक्षकको स्वीकृति पाउनेमा पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की रहेका छन्। त्यस्तै, पूर्वप्रमुख निर्वाचन आयुक्तहरुमा भोजराज पोखरेल, नीलकण्ठ उप्रेती र पूर्वआयुक्तहरु इला शर्मा रहेका छन्। त्यस्तै, पूर्वसचिवहरुमा तीर्थमान शाक्य र उदय नेपाली रहेका छन्।

त्यस्तै, हिमालय शमशेर जवरा र मानवअधिकारकर्मी सुशील प्याकुरेलले उक्त अनुमति पाएका छन्।


  •  
  •  
  •