उप निर्वाचनमा मतदान जारी, यसपटक मतदाताको नयाँ अनुभव

241
  •  
  •  
  •  

काठमाडौं ८ असार (ओएनएस) : चारवटा निर्वाचन क्षेत्रमा संविधानसभा उप निर्वाचन सुरु भएको छ । बिहान ७ बजेदेखि मतदातालेमत खसाल्न सुरु गरेका छन् । सबै क्षेत्रमा विद्युतिय मेसिनबाट मतदान हुने भएकालेउप निर्वाचनमा मतदाताले नयाँ अनुभव गरेका छन् । काठमाडौ क्षेत्र नम्बर २, बर्दिया १, कैलाली ६ र चितवन ४ मा उप निर्वाचन अन्तर्गत विहान ७ वजेदेखि मतदान शुरु भएको हो । बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था गरिएको निर्वाचन आगोगले जनाएको छ । चारवटा निर्वाचन क्षेत्रमा गरेर ७६ जना उम्मेदवार प्रतिस्र्धामा रहेका छन् । चारवटा निर्वाचन क्षेत्र गरेर २ लाख ५० हजारभन्दा बढी मतदाता मतदानमा भाग लिदैछन् ।

आयोगका प्रवक्ता महेश्वर न्यौपानेले निर्वाचनको भन्दा उत्साहपूर्वक सहभागि देखिएको जानकारी दिए ।
४ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका ६० र १६ जना स्वतन्त्र गरी ७६ जना उम्मेदवार प्रतिष्प्रर्धामा छन् । चुनाव हुने क्षेत्रमा प्रवेश अनुमति पाएका सवारी साधान बाहेक अरु गाडि चलाउन निषेध गरिएको छ । मतदान सकिएको १२ घण्टा भित्रै परिणाम आउने आयोगले जनाएको छ । मंसिर ४ गते भएको संविधानसभाको निर्वाचनमा दुई ठाउँबाट विजयी नेताहरुले एक ठाउँ छाडेपछि खाली भएको क्षेत्रमा उपनिर्वाचन भएको हो । कैलाली र बद्र्रीयामा उपनिर्वाचनलाई लक्षित गरी भारतसँग सीमा सील गरिएको छ ।


  •  
  •  
  •