विद्युत महशुल बढाउन प्राधिकरणको प्रस्ताव

92
  •  
  •  
  •  

 

काठमाडौं १४ भदौ (ओएनएस) ः नेपाल विद्युत प्राधिकरणले  विद्युत महशुल २५ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ ।

चरम विद्युत  घाटाका कारण विद्युत क्षेत्रमा थप लगानी गर्न  नसकेको भन्दै महशुल बढाउन प्रस्ताव गरेको हो । महसुल निर्धारण आयोगले आयोजना गरेको छलफल कार्यक्रममा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले संस्था नै चलाउन गाह्रो परेको बताए ।

यो बर्ष मात्र ५ अर्व ७५ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको प्राधिकरणले आफ्नो सञ्चित नोक्सान १९ अर्व पुगेको बताएको छ । प्राधिकरणले निर्धारण गरेको नयाँ मूल्य संरचना अनुसार समायोजन हुँदा  बार्षिक ३५ अर्व १८ करोड आम्दानी हुने बताइएको छ । हाल प्राधिकरणलाई प्रतियुनिट १ रुपैयाँ ६८ पैसा घाटा परिरहेको छ ।
प्राधिकरणमा  कुल २७ लाख २१  हजार  ग्राहक छन् । बार्षिक ३ अर्व ४४ करोड ७० लाख युनिट विजुली विक्री गर्दै आएको प्राधिकरणले जानकारी दिएको छ ।


  •  
  •  
  •