इकुको घरबार बिग्रियो

189
  •  
  •  
  •  

कलाकार सुलेमान शंकर ‘इकु’को घरबार बिग्रिएको छ । ५ बर्षअघि पोखराकी जया केसीसँग बिहे गरेका इकुले यसैबर्षको असार महिनामा उनीसँग सम्बन्ध बिच्छेद गरेका हुन् । सुलेमान र जयाको सम्बन्ध बिच्छेद असार २२ गते भएको खुल्न आएको हो । यो कुरालाई पुष्टी गर्दै सुलेमानले आफूहरु अहिले एकअर्काको सम्पर्कमा नरहेको बताएका छन् ।
विगत २ बर्षदेखि खटपट सुरु भएको इकुको भनाई छ । फिल्म ‘इकु ब्याक अगेन’ नेपालमा नचलेपछि जयाको मन बदलिएको इकुको तर्क छ । आफू फिल्म चलाउन मलेसिया पुग्दा जयाको जीवनमा नयाँ युवक आएको र त्यसपछि आफूहरुको सम्बन्धमा दरार उत्पन्न आएको इकुले बताए ।
कतारमा बस्दै आएका एक युवकसँग विगत ५ बर्षदेखि नै जया प्रेममा रहेको दाबी इकुले गरे । उनले भने, ‘मैले उनीहरु कयौं पटक होटलमा बस्दै आएको थाहा पाएँ । तर, बारम्बार कुरा गर्दा जयाले माफी माग्दै यसो नगर्ने बताइन् । मैले पनि उनी सुध्रिन्छिन् भन्ने सोचें र माफी दिएँ । तर, बारम्बार यस्तो घटना घटेपछि मैले सहन सकिन ।’
गत असारको १७ गते इकु आफ्नो पाचौं एनिभर्सरी मनाउन चाहन्थे । जयाले घरमा नमनाउने भनेपछि काठमाण्डौको सिटी सेन्टर तय भयो । एनिभर्सरी मनाउने तयारी गर्दै गर्दा ३ दिनदेखि जया हराएको र आफ्नो फोन नउठाएको इकुको भनाई छ । सिटी सेन्टरमा एनिभर्सरी मनाएर इकु नयाँ जीवनको सुरुवात गर्न चाहन्थे ।
‘मैले उनलाई अब सन्तानको बारेमा पनि सोचौं । हामी एकसाथ नसुतेको पनि २ बर्ष भयो । अब नयाँ जीवनको सुरुवात गरौं भनें तर उनले मानिन्’, इकुले भने, ‘रातको २ बजे उठ्दा उनी भाइबरमा कुरा गर्दै थिइन् । मैले मोबाइल हेर्दा उनी कतारको केटासँग ‘आइ लभ यू’ भन्दै कुरा गर्दै थिइन् ।’
यसपछि आफूले नै उनलाई अब अलग हुने कुरा गरेको इकुको भनाई छ । ‘असार १७ गते राती हाम्रो त्यस्तो घटना घट्यो । हामीले असार २२ गते अलग हुने निर्णय गर्यौ’, इकुले अलग हुनुको कारण खुलाउँदै भने । बारम्बार माफी दिंदा पनि नमानेपछि उनलाई आफ्नो स्वतन्त्रता अनुसार गर्न मन लागेको कुरा गर भन्दै छोडिदिएको इकुको तर्क छ ।
जयासँग इकुको ४ महिनादेखि कुनै फोन सम्पर्क भएको छैन । जया कतारमा जान्छु भनेको संझदै इकुले भने, ‘सायद उनी त्यतै गइन् होला । मैले त सकेको माया दिएँ तर उनले मेरो प्रेमलाई वुझिनन् ।’
इकुले एक बृत्तचित्र निर्माण गरी पोखरामा प्रदर्शन गर्न पुग्दा उनको जयासँग भेट भएको थियो । यसपछि नै उनीहरु निकट भएका थिए । करिब ५ बर्ष लामो बैबाहिक जीवनबाट इकु र जया अलग भएका छन् । फिल्म नगरीमा बैबाहिक जीवन टिक्न गाह्रो भएको उदाहरण धेरै नै छ । यो भीडमा कलाकार सुलेमान शंकर पनि थपिएका छन् ।
.filmykhabar.com

  •  
  •  
  •