देशलाई थप मजवुद र एकताबद्ध पार्नका लागि संविधान संशोधन हुन्छः प्रधानमन्त्री ओली

363
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई थप मजवुद र एकताबद्ध पार्नका लागि संविधान संशोधन हुने बताएका छन्। ।

प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधिसभा सदस्य,राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार धन्यवाद दिँदै ओलीले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने स्पष्ट पारे।

‘संविधान समयको माग अनुसार संसोधन हुन्छ’, प्रधानमन्त्री ओलीले भने ‘तर देशलाई नोक्सानी हुने गरी,अखण्डतामा असर पर्नेगरी संसोधन हुदैन।

प्रधानमन्त्री ओलीले सरकारलाई आतंककारी क्रियाकलाप सैह्‍य नहुने बताएका छन्। कुनैपनि अप्राकृतिक,असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे हुन्छु, प्रधानमन्त्री ओलीको चेतावनी दिए।

प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्ने बताउँदै बलात्कारजस्ता जघन्य घटना रोकिने र महिला हिंसा अन्त्यका लागि जागरण अभियान चलाइने बताए।

‘अब बलात्कारका घटना रोकिन्छन्। महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ’, प्रधानमन्त्री ओलीले भने ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ।’ प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा दोहोर्‍याएका छन्।


  •  
  •  
  •