प्रधानमन्त्री निवासमा पार्टी एकता संयोजन समितिको बैठक सुरु

218
  •  
  •  
  •  

काठमाडाैँ, ४ बैशाख (अाेएनएस) : प्रधानमन्त्री निवास बालुवाटारमा एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक सुरु भएकाे छ।

बालुवाटार श्राेतका अनुसार बैठकमा विशेष गरी पार्टी एकताका लागि अझै मिल्न बाँकी रहेका विषयमा छलफल हुने छ। हिजाे दुर्इ पार्टीका अध्यक्षबीच भएकाे छलफलका अाधार विवादित विषयकाे टुंगो लगाउनकाे लागि अाज बैठक बसेकाे हाे।

जनयुद्ध, एकता अनुपात र चुनाव चिन्ह लगायतमा कुरा मिल्न नसकेका कारण लामो समयदेखि एकता प्रक्रिया रोकिएको छ।

केही समयदेखिको संवादहीनताको बीचमा एकता संयोजन समितिको बैठक हुन लागेकाले आजको बैठकलाई चासोका साथ हेरिएको छ। बैठकले जनयुद्धबारेको विवाद, एकता अनुपातको किचलो र चुनाव चिह्नबारेको मतान्तरलाई सुल्झ्याउने अपेक्षा गरिएको छ।

एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्।

 


  •  
  •  
  •