एमाले र माओवादीबीच वैशाख ९ मा ‘एकता’ नहुने निश्चित, कहिले हुन्छ त एकता?

293
  •  
  •  
  •  

काठमाडाैँ, २ बैशाख (अाेएनएस) : एमाले र माओवादीबीच वैशाख ९ गते एकता नहुने निश्चित भएकाे छ। दुर्इ पार्टीबीच अझै अान्तरीक कुरा मिल्न बाँकी रहेकाेले ताेकिएकाे समयमा एकता संभावन बढेर गएको छ।

यसअघि दुवै दलका प्रतिनिधि सम्मिलित कार्यदलले वैशाख ९ गते ‘एकता’ गर्न सुझाव दिएकाे थियाे। दुवै दलले वैशाख ९ गते १४९ औं लेनिन जयन्ती (२२ अप्रिल) को अवसर पारेर पार्टी एकता गर्ने घोषणाकाे निर्णय एक महिना अगावै नै गरेका थिए। तर पछिल्लाे एक सातादेखि दुईदलका नेताबीच पार्टी एकताको विषयमा संवादसमेत हुन सकेको छैन।

माओवादीले बराबरी हैसियतमा मात्र एमालेसँग पार्टी एकता हुने अडान प्रत्यक्ष अप्रत्यक्ष रुपमा राख्न थालेपछि एकता प्रक्रिया लम्बिएको श्रोतले जनाएको छ।

माओवादी अध्यक्ष प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममा एमालेसँग बराबरी हैसियतमा मात्र पार्टी एकता हुने अभिव्यक्ति दिँदै अाएकाेले त्यस विषयमा गहन रुपमा छलफल गर्नुपर्ने भएकाे कारणले दुर्इ पार्टीबीच ‘एकता प्रक्रिया’ काे समय लम्बिएकाे एमालेका एक नेताले बताए।

अझै धेरै विवाद मिल्न बाँकी रहेको र समाधानको प्रयास पनि नभएकाले सो मितिमा एकता नहुने निश्चित जस्तै भएको राजनीतिक विश्लेषकहरु बताउँछन्।

राजनीतिक विश्लेषकहरुका अनुसार माअाेवादीले उठाएकाे मुद्दा एमालेले न स्वीकारे सम्म एकता विविध कारणले राेकिरहने छ।

यसै विषयमा माओवादी केन्द्रका एक नेतासँग कुरा गर्दा उनले भने, ‘विवादित विषय मिलाउन कुनै कतैबाट प्रयास भएको छैन । अब वैशाख ९ गते त कसरी एकता हुन्छ ? बैशाख ९ मा एकता हुन गाह्रै छ’

दुईवटा कार्यदलले विवादित विषय मिलाउने जिम्मा शिर्षस्थ नेतालाई दिएका थिए । तर शिर्षस्थ नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक नै बस्न सकेको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भारत भमणबाट फर्किएपछि बैठक बोलाइए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वस्थ्यताको कारण देखाएर अनुपस्थित हुने जनाएपछि बस्न सकेन ।

भारत भ्रमणमा जानुअघि बसेको बैठकले वैशाख ९ गते पार्टी एकता गर्ने निर्णय गर्दै सोही अनुसार तयारी अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको थियो ।

जनयुद्धको सम्बोधन, चुनाव चिन्ह, एकीकृत कमिटीमा दुई पार्टीबाट रहने संख्याको अनुपात लगायतका विषय मिल्न बाँकी छ । नेकपा एमालेले एकताबारे छलफल गर्न यही साता पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

स्राेतका अनुसार वैशाख ९ मा एकता नहुने संकेत देखिएकाेले दुर्इ पार्टी बिच अझै मिल्न बाँकी रहेकाे कुरालार्इ विशेष ध्यान दिर्इ छलफल गरी निष्कर्षमा पुगेर वैशाख भित्र एकता गर्नेछन्।

 

 


  •  
  •  
  •