फरार सूचीमा रहेका सांसद नवराज सिलवाल एकाएक देखिए संघीय संसद भवनमा

230
  •  
  •  
  •  

काठमाडौं, १९ फागुन (ओएनएस) : प्रहरीको खोजी सूचीमा रहेका ललितपुर क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् ।

आज विहान करिब पौने ११ बजे सिलवाल संघीय संसद भवन पुगेका हुन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् ।

कोट, सर्ट, पाइन्ट र ढाका टोपीमा सजिएर उनी संसद भवन पुगेका थिए । भवनभित्र उनी एक्लै गएका थिए । संसद भवन छिर्नुअघि उनले हात हल्लाएका थिए । संघीय सांसदहरुको शपथ भोलि हुँदैछ ।


  •  
  •  
  •