अष्ट्रेलियामा आठ बच्चाको चक्कु प्रहार गरी हत्या

298
  •  
  •  
  •  

murderकाठमाडौ, ४ पुस(एजेन्सी) : अष्ट्रेलियामा एक घरमा आठ बच्चाहरूको चक्कु प्रहार गरि हत्या गरिएको समाचारहरूमा जनाइएको छ । अष्ट्रेलियाली  प्रहरीका अनुसार ती बच्चाहरू उत्तरी क्वीन्सल्याण्डमा केयर्न्सको एक घरमा मृत भेटिएका थिए । चक्कु लागेपछि सोही घरमा घाइते भएकी ३४ वर्षीय महिलालाई अस्पताल पुर्याइएको छ ।

अहिलेसम्म बच्चाहरू र ती महिलाबीचको सम्बन्ध के हो भन्ने स्पष्ट हुन सकेको छैन् । ती बच्चाहरूको उमेर १८ महिना देकी १५ वर्षसम्म रहेको बताइएको छ ।

स्थानीय सञ्चारमाध्मयहरुका अनुसार उनीहरुलाई चक्कु प्रहार गरिएको हो । तर, प्रहरीले अहिलेसम्म यसको पुष्टी गरेको छैन् । यस घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन् । क्विन्सल्याण्ड प्रहरीले दिएको एक बयानमा केयर्न्सको मुरे सडकको एक घरबाट महिलालाई गम्भिर रूपले घाइते भएको अवस्थामा रहेको सूचना पाएको बताएका छन् । प्रहरीले जाँचका क्रममा प्रहरीले ती बच्चाहरूको शव पनि फेला परेको बताएका छन् ।


  •  
  •  
  •