आज इद उल–फित्र मनाउँदै

181
  •  
  •  
  •  

happy eidकाठमाडौ, २ साउन(ओएनएस) : मुस्लिम धर्मावलम्बीहरू एक महिने ‘रोजा’को समापन गरी आज इद उल–फित्र मनाउँदैछन् । मुसलमान समुदायको एक महिने रमजान पर्व ‘रोजा’ आज सकिँदैछ ।

एक महिनाअघि सुरु भएको मुस्लिम समुदायहरुको रमजान पर्व ‘रोजा’ सकेर आकाशमा चन्द्रमा देखिएपछि विधिवत रूपमा सम्पन्न गर्ने प्रचलन छ । रमजान पर्व सकिए लगतै तीन दिनसम्म मुस्लिम समुदायले इद पर्व धुमधामका साथ मनाउने गर्दछन् ।

तीन दिनसम्म मनाइने इदुल फित्र अर्थात् इद एकआपसमा भाइचाराको कामना गर्दै मनाउने गरिन्छ । यसपर्वमा मुस्लिम समुदायहरु पवित्र भइ, नयाँ–नयाँ सफा पवित्र लुगा लगाई, ‘इदग’मा गइ ‘नमाज’ पढने गर्छन् ।

इद उल–फित्रकै अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा आईतबार दिन पत्र प्राप्त भएकाले आइतबार बिदा दिएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए । तर, मुस्लिम धर्मावलम्बीहरुले इद पर्व भने आजै मनाइ रहेका छन् । इद पर्वको दिनदेखि नै हिजरी संवतको नयाँ वर्ष सुरु हुने गर्छ ।


  •  
  •  
  •