छोरी पाल्न ४३ वर्षसम्म पुरूष बनिन् महिला

275
  •  
  •  
  •  

egypt-sija-abu-daoकाठमाडौ, ५ चैत(एजेन्सी) : इजिप्टकी एक महिलाले एक महिलाले आफ्नो पतिको मृत्युपछि छोरी पाल्नका लागि ४३ वर्षसम्म पुरूष बनेर बसेकी छिन् । उनको नाम सीजा अबू दाओ हो । इजिप्टको लक्सर प्रान्तको सरकारले उनलाइ आदर्श आमाको उपाधी दिएको छ ।

सीजा अहिले ६४ वर्षकी छिन् । उनको संघर्षको सुरूवात विवाहको केही समयपछि नै भएको थियो । उनी गर्भवती रहँदा नै पतिको मृत्यु भएको थियो । बालिकाको जन्म भएपछि दैनिक गुजारा गर्ने संकट उत्पन्न भयो । इजिप्टमा महिलाहरूलाई काम गर्न प्रतिबन्ध छ । यस्तो अवस्थामा उनले आफ्नो जीवन गुजार्ने बाटो खोजिन् । छोरी हाउदाको स्याहारका लागि उनले पुरूषको भेषमा काम गर्न थालिन् ।

उनले ईटा बनाउने, जुत्ता पोलिस गर्ने काम समेत अन्य थुप्रै काम गरिन् । निकै लामो समयको मेहेनतपछि अबूले छोरीको विवाह पनि गरिदिइन् । तर, विवाह गरिदिएपछि पनि उनको संघर्षको श्रृंखला सकिएन । ज्वाई बिरामी भएपछि उनले छोरी ज्वाई दुवैको स्याहार गर्नुपर्ने भयो र उनले कामलाई छाड्न पाइनन् ।

अबूले भनिन्, ‘पुरूषको गिद्धे नजरबाट बच्नका लागि पुरूषको भेष बनाउने फैसला गरिन् । मैले पुरूषको जस्तै कपडा लगाए र गाउँमा ती पुरूषहरूसँग काम गर्न थाले, त्यहाँ मलाई कसैलाई चिन्दैनथे ।’


  •  
  •  
  •