रूसमा शरण लिएका स्नोडेन पोल डान्सरसँग मस्ती गर्दै

267
  •  
  •  
  •  

snowden with his girlfriendकाठमाडौ, २६ असोज(एजेन्सी) : अमेरिकी गोप्य कार्यक्रमको खूलासा गरेपछि रूसमा शरण लिइरहेका एडवर्ड स्नोडेन अहिले आफ्नी गर्लफ्रेण्डसँग मस्ति गरिरहेका छन् । स्नोडेनका वकिलका अनुसार अमेरिकी पोल डान्सर लिण्डसे मिल्स जुलाईदेखी नै स्नोडेनको साथमा रहेकी छिन् । वकिलले भिसा नियमका कारण लिण्डसे स्थायी रूपमा रूसमा नबस्ने समेत उनको भनाई थियो । वकिलका अनुसार स्नोडेन र उनकी प्रेमीका नियमित रूपमा फिल्म हेर्न जाने र सांस्कृतिक कार्यक्रम हेर्नका लागि जाने गरेका छन् ।

लारा पोयट्रस नामको डकुमेन्ट्री मेकरले आफ्नो नयाँ चलचित्रमा अमेरिकी भगौडा एक व्यक्ति मस्कोमा आफ्नो प्रेमीकाको साथमा घुमिरहेको देखाएपछि स्नोडेनका वकिलले यस्तो भनाई राखेका हुन् । २ घण्टाको यो डकुमेन्ट्री २४ अक्टुबर रिलिज हुँदैछ, तर यसको एडभान्स स्क्रिनिङ गत शुक्रबार भएको थियो । ‘सिटिजन फर’ नामको उक्त डकुमेन्ट्रीमा स्नोडेन हङकङमा मीरा होटेलमा पत्रकारसँग कुराकानी गरिरहेको देखिएको छ । डकुमेन्ट्रीमा लिण्डसे स्नोडेनका लागि भान्सामा खाना पकाइरहेको समेत देखिएको छ ।

यसभन्दा अगाडि लिण्डसे र स्नोडेन छुट्टीइसकेको खबरहरू आएका थिए । स्नोडेनले अमेरिका छोडेपछि लिण्डसे कहाँ थिइन् भन्ने बारे केही जानकारी हासिल हुन सकेको थिएन । लिण्डसेले स्नोडेनको साथको आफ्नो प्रेमलाई लिएर कुनै टिप्पणी गरेकी छैनन् । उनी सन् २००९ देखी एकसाथ रहँदै आएका छन् ।


  •  
  •  
  •