कक्षा ९–१२ माध्यमिक तह बन्ने

427
  •  
  •  
  •  

काठमाडौं, १५ साउन (ओएनएस) : शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षा ऐन नबौ संशोधन मार्फत कक्षा ९–१२ लाई माध्यमिक तह बनाउने तयारी भएको बताएकी छन् । त्यसपछि कक्षा १२ को अन्त्यमा राष्ट्रिय परिक्षा हुने उनले बताइन् ।

उच्च माध्यमिक शिक्षालाई गुणस्तरीय र मर्यादित बनाउन एमाले सभासद रवीन्द्र अधिकारीले पेश गरेको जरुरी सार्बजानिक महत्वको ध्यानाकर्षण प्रस्ताव माथि संसदमा जबाफ दिने क्रममा मन्त्री यादवले कक्षा ९–१२ लाई माध्यमिक तह बनाउने तयारी भएको बताएकी हुन् ।

उनले उच्च माध्यमिक शिक्षालाई व्यबस्थित बनाउदै लगिने बताइन । उच्च शिक्षासंग सम्बन्धित समस्याको गम्भीरताका साथ व्यबस्थापन गर्ने बिषयमा शिक्षा मन्त्रालय तत्पर रहेको उनले बताइन् । मन्त्रीको जवाफमाथि नेपाली काग्रेसका चन्द्र भण्डारी र एमाओवादीका सभासद् गणेश पहाडिले स्पष्टिकरण माग गरेका थिए । बिद्यमान शिक्षा नीतिले नेपालमा धनी र गरिव बीचको खाडल फराकिलो बनाएको भण्डारीले बताए ।


  •  
  •  
  •