शिक्षा मन्त्रालयले अनशनरत अस्थायी शिक्षक र विद्यार्थीसँग आज वार्ता गर्दै

251
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (अाेएनएस): शिक्षा मन्त्रालयले अनशनरत अस्थायी शिक्षक र विद्यार्थीसँग आज वार्ता गर्न लागेकाे छ।

वार्ताकाे लागि हिजो मन्त्रालयले विभागका महानिर्देशक बाबुराम पौडेलको संयोजकत्वमा मन्त्रालयका प्रवक्ता डा. लम्साल र विभागका निर्देशक केशव दाहाल सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेकाे छ ।

आउँदो २३ गते शुक्रबारका लागि तोकिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा स्थगन गर्न माग गर्दै अनशन बसेका अस्थायी शिक्षक र खुल्ला प्रतियोगितामार्फत शिक्षक छनोट हुनुपर्ने माग गर्दै अलग्गै अनशन बसेका विद्यार्थीसँग बुधबार वार्ताको तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए ।

समितिले दुवै पक्षसँग वार्ता गरी समाधानको उपाय खोज्ने मन्त्रालयले जनाएकाे छ ।


  •  
  •  
  •