शिक्षामन्त्री पोखरेलद्धारा तीन महिने कार्ययोजना सार्वजनिक

439
  •  
  •  
  •  

काठमाडाैँ, २ बैशाख (अाेएनएस) :शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि तीन महिने कार्ययोजना सार्वजनिक गरेका छन्। मन्त्री पोखरेलले भने,’ याे तत्कालकाे लागि काेरेकाे तीन महिने कार्ययोजनाको मार्गचित्र हाे’

नीति, कार्यक्रम तथा योजनाहरुको ठोस कार्यान्वयनका लागि तत्काल गर्नुपर्ने ३ महिने कार्ययोजना मन्त्री पोखरेलले आइतबार सार्वजनिक गरेका हुन्।

विपन्न, गरिब, सीमान्तकृत, लोपोन्मुख वा पिछडिएका वर्ग क्षेत्र र समुदायका शिक्षाबाट वन्चित एक जना बच्चालाई न्युनतम् स्टेसनरी, पोसाक र दिवा खाजाको प्रबन्ध गरी स्वेच्छिक अभिभावकत्व ग्रहण गर्ने यो अभियानमा सहभागी हुनसमेत उनले सबैलाई आग्रह गरेका छन्।

यस्तो छ तीन महिनाकाे लागि ३० बुँदे कार्ययोजनाकाे मार्गचित्र


  •  
  •  
  •