एजुकेसन कन्सलटेन्सीमा प्रहरीको छापा, सञ्चालक पक्राउ

592
  •  
  •  
  •  

काठमाडौं, २१ फागुन (ओएनएस) : प्रहरीले एक एजुकेसन कन्सलटेन्सीमा छापा मारेको छ। छापा मार्ने क्रममा  प्रहरीले विभिन्न ब्यक्तिहरुको पासपोर्ट फेला पारेपछि कन्सलटेन्सीका सञ्चालकलाई पासपोर्ट लगायतका कागजातसहित पक्राउ गरेको छ।

अवैध रुपमा विदेश पठाएर ठगी गरेको आरोपमा पुतलीसडकस्थित क्याची एजुकेसन एन्ड ट्रेनिङ कन्सलटेन्सीका सञ्चालक पुरुषोत्तम खड्कालाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाद्वारा खटिएको टोलीले खड्कालाई शुक्रबार पक्राउ गरेको हो।

काठमाडौंको गागलफेदी घर भएका खड्काले पोल्यान्ड, साउथ अफ्रिका, माल्टा, स्टोनिया, अजरवैजान लगायत देशमा नेपाली युुवालाई पठाई अलपत्र बनाएको सूचना आएपछि उनलाई पक्राउ गरिएको एसपी नरेन्द्र उप्रेतीले बताए।
प्रतिव्यक्ति ७ देखि १२ लाख रुपैयाँ लिएर उनले ठगी गरेको प्रहरीले जनाएको छ।

कन्सलटेन्सीको आवरणमा मेनपावरको काम गरेकाले उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए। । उनले वैदेशिक रोजगारीका लागि भन्दै युवालाई विभिन्न देशमा पठाएर अलपत्र बनाएको प्रहरीले जनाएको छ


  •  
  •  
  •