एक चौथाई मानिसलाई साक्षर बनाउन २५ हजार जनशक्ति परिचालन गरिदै

315
  •  
  •  
  •  

महोत्तरी, ७ मंसिर (ओएनएस) : महोत्तरी जिल्लाको एक चौथाई मानिसलाई साक्षर बनाउन यस बर्ष २५ हजार जनशक्ति परिचालन गरिने भएको छ ।

साक्षर महोत्तरी अभियान अन्तर्गत जिल्लाको १ करोड ६४ लाख मानिसलाई साक्षर बनाउन लागिएको जिल्ला शिक्षाकार्यालय महोत्तरीले जानकारी दिएको छ ।

निरक्षरता उन्मूलन बर्ष घोषणा गर्दै शिक्षामन्त्रालयले यस जिल्लामा सघन कार्यक्रम सञ्चालन गरेको हो । लगातर तीन बर्षसम्म चलेको साक्षर नेपाल अभियान कागजमा मात्र सिमित रहेकोले निरक्षरको संख्यामा कुनै कमी नआएको शिक्षा अधिकारी अरबिन्दलाल कर्ण बताउँछन् ।

साक्षर महोत्तरी अभियानका लागि ८ हजार स्थानीय विवाहित सहजकर्ता, ६ सय अनुगमनकर्ता, कक्षा ९ र १० का १४ हजार विद्यार्थी र विभिन्न पेशाकर्मी, नागरिक समाजकाप्रतिनिधिसहित २५ हजार जनशक्ति परिचालित हुनेछन् ।

निरक्षरहरुलाई तीन महिनासम्म दैनिक दुई घण्टा पढाउनुका साथै मोवाइल , क्यालकुटर र एक देखि सयसम्मको अंकचिन्ने किसिमको ज्ञान दिनुपर्ने शिक्षा अधिकारी कर्णले बताए ।

कक्षा संचालन माघ १ गतेदेखि हुनेछ । साक्षर अभियानका लागिजलेश्वर नगरपािलकाको चार वटा वडासँगै ४० वटा गाबिसमा सामुदायिक अध्ययन केन्द्र तथा अन्यमा गैरसरकारी संस्थालाई  साक्षर महोत्तरीको सहयोगी बनाइनेछ । सहजकर्ता परिचालन गर्ने संस्थालाई अनुगमनको जिम्मेवारी नदिइने शिक्षा कार्यालयले जानकारी दिएको छ ।


  •  
  •  
  •  

Comments are closed.