ताप्लेजुङलाई पाँच वर्षभित्र गुणस्तरिय शिक्षा प्रदान गर्ने जिल्ला बनाईने

95
  •  
  •  
  •  

ताप्लेजुङ, १२ असोज (ओएनएस) ताप्लेजुङलाई पाँच वर्षभित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने जिल्ला बनाउन अभियाम सुरु भएको छ । अभियानको पहिलो चरणमा जिल्लाको २ वटा क्षेत्रमा १÷१ वटा विद्यालयलाई नमुना विद्यालय घोषणा गर्न लागिएको हो । । आगामी वर्ष प्रत्येक इलाकामा १/१ वटा नमुना विद्यालय बनाइसक्ने कामलाई तिव्रता दिई पाँच वर्षमा गुणस्तरिय शिक्षा भएको जिल्लामा रुपान्तरण गरिने भएको हो ।

नमुना विद्यालय घोषणाका लागि सम्बन्धित विद्यालयका शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितीले प्रतिबद्धता गर्नु पर्ने हुन्छ । शिक्षकले विद्यालय समयभरी अनिवार्य पठन पाठन गर्नु पर्ने, विद्यालय व्यवस्थापन समितीले अध्यापनको लागि उपयुक्त वातावरण गर्नु पर्ने र अभिभावकले विद्यार्थीलाई अनिवार्य खाजा दिएर पठाउनु पर्ने भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको अगुवाइमा अभियान सुरु हुन लागेको संगठनका ताप्लेजुङ अध्यक्ष महेन्द्रप्रकाश गौतमले जानकारी दिए । संगठनको राष्ट्रिय कार्यक्रम “हामी सक्छौं, हामी गर्छौं ” ( वी क्यान डू ) अन्तर्गत अभियान थालिएको हो ।


  •  
  •  
  •