शिक्षा नीतिमा परिवर्तन आवाश्यक : मन्त्री पण्डित

388
  •  
  •  
  •  

काठमाडौं, २३ भदौ (ओएनएस) : सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । सोमबार राजधानीमा शिक्षा दिवसको अवसरमा शैक्षिक जागरण अभियान नेपाल र जोरपाटी गा.वि.स.को संयुक्त आयोजनामा सबैका लागि समान शिक्षा मूल नाराका साथ आयोजित सामूदायिक ई–लाइव्रेरीको उद्घाटन तथा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नेपालको शिक्षा नीतिमा आमूल परिवर्तन गर्नुपर्ने आवाश्यकत्ता औल्याएका छन् ।

मन्त्री पण्डितले सरकारले नयाँ शिक्षा नीति ल्याए पनि कार्यन्वयन गर्न नसेकेकोमा भने दुखेसो पाखेका छन् । उनले भने–शिक्षा भनेको मूलुक विकासको मूख्य आधार नै हो । तर हामीकहाँ शिक्षाको समान पहँुच र प्रभाव भने दुरदराजमा अझै सम्म पुग्न सकेको छैन् । त्यसैले सवैले समान शिक्षा पाउने प्रावधान सहित शिक्षा नीतिमा आमूल परिवर्तन गर्न अहिले अत्यन्तै आवश्यक छ ।

त्यस्तै अर्को प्रसंगमा मन्त्री पण्डितले मुलुकले तोकिएकै मिति माघ ८ गतेभित्र नयाँ संविधान पाउने पनि विश्वास व्यक्त गरेका छन् । उनले भने–सरकार संविधान निर्माणका लागि सक्रियताका साथ लागि परिरहेको छ, यो सरकारको मूख्य दायित्व भनेको नै माघ ८ भित्रै संविधान जारी गर्ने हो । उनले सहमतीमै संविधान जारी हुने बताउँदै सहमतीबाट जारी हुन नसके प्रक्रियामा गएर भएपनि यस पटक नेपाली जनतालाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दिएरै छाड्ने उद्घोष समेत गरेका छन् ।

सो अवसरमा नेकपा एमालेका सभासद रामेश्वर फूँयालले जोरपाटीको मात्रै नभई समग्र शिक्षाको क्षेत्रको विकास र प्रर्वद्धन गर्न ई–लाईब्रेरीले मद्यत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले ई–लाईब्रेरीको कन्सेप्ट देशव्यापी रुपमा विकास गर्नुपर्नेमा समेत जोड दिएका छन ।
कार्यक्रममा पूर्व राजदुत गणेश योञ्जन, बरिष्ठ साहित्कार खगेन्द्र संग्रौला, राष्ट्रिय सहिद तथा शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्देल, शिक्षा मन्त्रालयका प्रतिनिधि दशरथ मिश्र लगायतले शिक्षा क्षेत्रको विकासवारे आ–आफ्नो धारणा राखेका छन् ।


  •  
  •  
  •