उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक (हेर्नुहोस् पूर्णपाठसहित)

69
  •  
  •  
  •  

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएको छ । सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरूले आफै सर्वाजनिक गरेका हुन् ।

आयोगले २०७५ सालमा सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएपछि आयोगका सदस्यहरूले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेका हुन् । आयोगका सदस्य श्यामकुमार श्रेष्ठले नागरिकलाई सूचनाको हक भएअनुसार प्रतिवेदनमा के छ भन्ने जानकारी दिन आफैँ प्रतिवेदन सार्वजनिक गरिएको बताए ।

प्रतिवेदनमा सबै विद्यालयमा विषयगत दक्ष शिक्षक दिइनुपर्ने, अधिकार सम्पन्न योग्य प्रधानाध्यापक दिनुपर्ने, पूर्वाधारका संरचनाहरू दिनुपर्ने, समाजका राम्रा व्यक्तिहरु शिक्षण पेसामा आऊन् भन्नका लागि अन्य सरकारी कर्मचारीको भन्दा १० प्रतिशत धेरै तलब हुनुपर्ने लगायतका विषयहरु उल्लेख गरिएको श्रेष्ठले बताए ।

उच्च शिक्षामा राजनीतिकरण हुने अवस्थालाई अन्त्य गर्नुपर्ने, प्रधानमन्त्री तथा शिक्षामन्त्री पदाधिकारी हुने प्रणालीको अन्त्य हुनुपर्ने कुराहरु पनि प्रतिवेदनमा उल्लेख छ । प्राध्यापक डा. विद्यानाथ कोइरालाले पढाइलाई सिकाइमा बदल्ने भन्ने कुरामा राष्ट्रिय सहमति भइसकेको तर यसको कार्यान्वयन हुनुपर्ने बताए ।

हेर्नुहोस् पूर्णपाठ


  •  
  •  
  •