शिक्षामन्त्रीलाई विभिन्न माग राख्दै सात दिने अल्टिमेटम

57
  •  
  •  
  •  

काठमाडौं । अनेरास्ववियू, नेपाल विद्यार्थी संघलगायत १३ विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई विभिन्न माग राख्दै सात दिने अल्टिमेटम बुझाएका छन् ।

फाइल तस्बिर

विद्यालय, क्याम्पस र विश्वविद्यालयको शैक्षिक सत्र खेर जाने अवस्था देखिए पनि समस्या समाधानका लागि सरकार गम्भीर तथा सरोकारवालासँग छलफल नगरेको भन्दै विद्यार्थी संगठनले सात दिने अल्टिमेटम बुझाएको हो ।

शुक्रबार संयुक्त विद्यार्थी आन्दोलनका तर्फबाट नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन्। निजी विद्यालय र क्याम्पसहरूले अनलाइन कक्षाका नाममा चर्को शुल्क उठाएकोले कारवाबाही गर्न माग गरिएको छ।

पोखरालगायत विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न विद्यार्थी संगठनको माग छ। शिक्षण संस्थामा रहेका क्वारेन्टिन हटाउन र शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको योजना बनाई कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन उनीहरूको माग छ।


  •  
  •  
  •