नेपाली अर्थतन्त्रको संरचनामा परिवर्तन

343
  •  
  •  
  •  

काठमाडौं, २६ असार (ओएनएस) । नेपाली अर्थतन्त्रको संरचनामा क्रमश परिवर्तन आइरहेको आर्थिक सर्वेक्षणले खेआएको छ । कुल ग्राहस्थ्य उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घटेर सेवा क्षेत्रको बढेको देखिएको छ । विगतमा कुल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको मुख्य योगदान रहँदै आएको थियो ।

व्यवसायिक कृषिमा राज्यको अनुदान र प्रोत्साहन नहुनु, रोजगारीका लागि युवा पलायन जस्ता कारणबाट कृषि क्षेत्रको योगदान कम बन्दै गएको हो । चालु आर्थिक बर्षमा सेवा क्षेत्रको योगदान ५२ दशमलव २ प्रतिशत, कृषि क्षेत्रको योगदान ३३ दशमलव ७ प्रशिसत र उद्योगको योगदान १४ दशमव १ प्रतिशत हुने देखिएको छ । अर्थमन्त्री डा राम शरण महतले संसदमा आर्थिक सर्वेक्षण पेश गर्दै नेपाली अर्थतन्त्रको संरचनामा परिवर्तन आएको बताए ।


  •  
  •  
  •