चालु आवमा आर्थिक बृद्धि मात्र ०.७७ प्रतिशत, मूल्यबृद्धि ९.७ प्रतिशत

204
  •  
  •  
  •  

bishnu paudelकाठमाडौँ, १३ जेठ(ओएनएस) : आर्थिक वर्ष २०७२/०७३ मा देशको आर्थिक बृद्धिदर मात्र ०.७७ प्रतिशत र मूल्यबृद्धि दर ९.७ प्रतिशतले बढेको छ ।

अर्थ मन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार भूकम्प र नाकाबन्दीका कारण आर्थिक बृद्धिदर मात्र ०.७७ प्रतिशत रहेको उल्लेख गरिएको छ भने आर्थिक बृद्धिदर ९.७ प्रतिशतले बढेको छ ।

आर्थिक बृद्धिदर सरकारले ६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेभन्दा अत्यन्त न्युन छ भने मूल्यबृद्धि दर भने करिब-करिब लक्ष्य अनुरूप नै अर्थात् लक्ष्य गरिएको भन्दा मात्र ०.२ प्रतिशतले बढी छ । चालु आवमा कृषि क्षेत्रले आर्थिक बृद्धिमा १.३ प्रतिशतले योगदान गरेको छ भने गैरकृषि क्षेत्रले ०.७ प्रतिशतले योगदान गरेको सर्वेक्षणमा जनाइएको छ । खाद्य तथा पेयको मूल्य ११.३ प्रतिशत र गैरखाद्य तथा सेवा समुहको ८.६ प्रतिशतले मूल्य बृद्धि भएको छ ।

चालु आवमा राजश्व संकलन १४.३ प्रतिशतले वृद्धि भएर बढेर दोस्रो चौमासिक सम्ममा दुई खर्ब ३१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यही अवधिमा सरकारी खर्च २ खर्ब ६८ अर्ब एक करोड भएको छ ।

गत आर्थिक वर्षको तुलनामा मुलुकको आयात आठ महिनामा १३.९ प्रतिशतले घटेर जम्मा चार खर्ब ३५ अर्ब ८० करोडको आयात भएको छ । आयात घट्दा नेपालको ब्यापार घाटा ३ खर्ब ९३ अर्ब सात करोड रुपैयाँमा सिमित भएको छ । चालु आवमा रेमिट्यान्स १५ प्रतिशतले बढेर अर्थतन्त्रलाई केही भरथेग गरेको छ । आठ महिनाको अवधिमा ४ खर्ब २७ अर्ब २७ करोड रेमिट्यान्स देशमा भित्रिएको तथ्यांक छ ।


  •  
  •  
  •