चार महिनामा साँढे ३७ अर्व राजस्व असुली

211
  •  
  •  
  •  

काठमाडौं, १० मंसिर (ओएनएस) : आर्थिक वर्ष २०७१\०७२ कात्तिक मसान्तसम्म ३७ अर्व ६८ करोड १४ लाख २ हजार राजस्व असुली भएको छ ।

रु. ३७ अर्व ४१ करोड ८६ लाख ६३ हजार लक्ष्य रहेकोमा २७ करोड बढी राजस्व असुली भएको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ ।  गत वर्षको सोही अवधिको तुलनामा १ सय २० प्रतिशतले वृद्धि भएको विभागले जानकारी दिएको छ ।
जसमध्ये आयकर रु. १६ अर्व २८ करोड २९  लाख, मूल्य अभिवृद्धि कर रु. १२ अर्व २७ करोड १७ लाख र अन्तःशुल्क रु. ८ अर्व ८१ करोड ३६ लाख असुली भएको छ । सो रकम निर्धारित लक्ष्यको तुलनामा आयकर तर्फ १ सय ५ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ ९८ प्रतिशत र अन्तशुल्क तर्फ ९७ प्रतिशत हो ।

tableत्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु. १३ करोड १७ लाख र रु. १८ करोड ४ लाख असुली भएको छ ।
गत वर्षको तुलनामा आयकर तर्फको वृद्धिदर १ सय २८, मूल्य अभिवृद्धि कर १ सय १५, अन्तशुल्क १ सय १५ प्रतिशत, स्वास्थ्य सेवा कर  १ सय २६ र शिक्षा सेवा शुल्क तर्फको वृद्धिदर १सय७ प्रतिशत रहेको विभागले जानकारी दिएको छ ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले राजस्व असुली सम्बन्धी नियमित कार्य गर्न, बक्यौता असुलीमा जोड दिन तथ मूल्यअभिवृद्धि कर निर्देशिकालाई संशोधन एवं परिमार्जन सहित जारी गर्न कर प्रशासनका र्कचारीहरुलाई निर्देशन दिएका छन् ।

साथै २० अर्व भन्दा बढी वास्तविक असुल गर्नुपर्ने बक्यौता रहेकाले त्यस्तो रकम उठाउने तर्फ लाग्न र बजारमा गएर बील बिजकको निरीक्षण गर्न समेत निर्देशन दिए ।


  •  
  •  
  •