आर्थिक सर्वेक्षण आज संसदमा पेस गरिदै

175
  •  
  •  
  •  

काठमाडौं १३ जेठ (ओएनएस) : सरकारले मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहितको आर्थिक सर्वेक्षण ल्याउने भएको छ । चालु आर्थिक वर्ष २०७२/७३ को मूल्याङ्कनसहितको आर्थिक सर्वेक्षण आज संसदमा पेस गर्दैछ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवस्थापिका-संसद्को आजको बैठकमा चालु आवको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ। सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के(कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गर्नुपर्योजस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ।

नेपालको संविधानमा व्यवस्था भएअनुरुप सरकारले आगामी आवको बजेट यही जेठ १५ गते प्रस्तुत गर्नेछ।
आर्थिक सर्वेक्षणमा मुलुकको समग्र आर्थिक स्थिति तथा सरकारको मातहतमा रहेको संस्थानको अवस्थाकाबारेमा समेत सदनलाई जानकारी दिने प्रचलन रहिआएको छ।


  •  
  •  
  •