अहिलेको अर्थ नीतिले काम लाग्दैन्, रुपान्तरण गर्नुपर्छ : अर्थविद् डा. खनाल

385
  •  
  •  
  •  

काठमाडाैँ, १५ बैशाख (अाेएनएस) : अर्थविद् डा. डिल्लीराज खनालले सरकारले अब ल्याउने नीति तथा कार्यक्रम रुपान्तरण शैलीमा ल्याउनुपर्ने सुझाव दिए । उनले भने,‘अब चल्ते चलातेबाट हुँदैन, रुपान्तरणसहित नीति तथा कार्यक्रम ल्याउनुपर्छ, सरकारको त्यतातिर ध्यान जाओस्।’

देशको शासन प्रणालीमा रुपान्तरण हुनुपर्ने उनको तर्क छ । उनले थपे,‘सुशासनमा आमुल रुपान्तरण हुनुपर्छ, सुशासनमा ब्रेक–थु, सर्टेन सिफ्ट गर्नुपर्छ।’

आर्थिक संरचना अनुसार कृषिलाई आधुनिकिकरण, पूर्वाधारमा गुणस्तरीयता कायम गर्नु र सबै क्षेत्रमा रहेका असन्तुलन हटाउनुपर्नेमा उनको जोड थियो ।

अहिलेको अर्थ नीतिले काम नलाग्ने उनको दाबी थियो । उनले भने,‘अहिलेको अर्थ नीीतले काम लाग्दैन्, यसको लागि रुपान्तरण जरुरी छ।’ नेपालको वित्त नीतिलाईपनि ठोस रुपमा सच्याउनुपर्ने उनको सुझाव छ । नेपालको सेक्टोरल पोलिसीमापनि रुपान्तरण चाहिएको खनालले स्पष्ट पारे ।

वित्त आयोग गठन भएको भए धेरै राम्रो हुनेथियो भन्ने उनको तर्क छ । ‘अहिले समय आएको छ, हामीले आफ्नो योजनाहरु बनाउनुपर्छ, लक्षित कार्यक्रमहरु तत्कालिन, अल्पकालिन र दिर्घकालिन गर्दै अघि बढाउनुपर्छ।’–खनालले भने।


  •  
  •  
  •