इबोलाबारे जानकारी गराउन सभामुखको रुलिङ

61
  •  
  •  
  •  

काठमाडौं, २९ साउन (ओएनएस) :  सभामुख सुवास नेम्वाङले इबोला भाइरस नेपालमा भीत्रन नदिन भएको तयारी बारे सदनलाइ जानकारी गराउन रुलिङ गरेका छन् । व्यबस्थापिका संसदको बैठकमा सभासदहरुले इबोला भाइरस नेपाल भीत्रन नदिन सरकारले पर्याप्त तयारी नगरेको भन्दै सभासदहरुले सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले रुलिङ गरेका हुन् ।
‘इबोला सम्बन्धमा सरकारले के कार्य गरिरहेको छ ? संसदको बैठकलाइ अबिलम्ब जानकारी गराउन सरकारको ध्यानकर्षण्ण गराउछु’ उनले भने ।
त्यसअघि संसद बैठकमा सभामुखसंग समय लिएर नेपाली काग्रेसका सभासद धनराज गुरुङले इबोला सम्बन्धमा सरकार गम्भीर नभएको आरोप लगाएका थिए ।

विश्वलाईन नै त्रसित बनाएको इबोला भाइरस नियन्त्रणका लागि सरकारले विशेष पहल नगरेको सभासदले आरोप लगाएका छन् । व्यवस्थापिका संसदको बैठकमा सभामुखसँग समय लिएर नेपाली कांग्रेसका धनराज गुरुङले विश्व स्वास्थ्य संगठनले इबोला भाइरसको आपतकाल घोषणा गरेको एकहप्ता बितिसक्दा समेत सरकारले पर्याप्त ध्यान नदिएको भन्दै आलोचना गरेका हुन् ।

पश्चिमी अफ्रिकाबाट फैलिएको इबोला भाइसरको उपचार गर्दा २ जनाको ज्यान गइसकेका र इबोला रोग लागेपछि ९० प्रतिसत मर्ने भएकोले सतर्कता अपनाउन उनले माग गरे । ‘इबोला रोगप्रति सरकार चुपचाप रहेको छ’, उनले भने, ‘विज्ञप्ती मार्फत नियन्त्रण गर्न सकिदैन, तत्काल कदम चाल्नु प¥र्यो ।’

इबोला भाइरसप्रभावित मुलुकमा नजान आग्रह


  •  
  •  
  •