काठमाडौ, २५ मंसिर(एजेन्सी) : अमेरिकाको प्रतिष्ठित टाइम म्यागाजिनले इवोला प्रभावित क्षेत्रमा ज्यान जोखिममा पारेर काम गर्ने मानिसहरूलाई टाइम पर्सन अफ दी इयरको उपाधी दिएको छ ।
म्यागाजिनका अनुसार यी मानिसहरू य्सता हुन् जसले आवश्यक अवस्थामा आएका थिए र इबोलाविरूद्ध लडेका थिए । म्यागाजिनका पाठकहरूले अनलाइन पोलमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई यो उपाधी दिनुपर्ने बताएपनि इडिटर्स प्यानलले इबोलाविरूद्ध लड्नेहरुलाई दिने निर्णय गरेको थियो ।
उपाधी दिनका लागि म्यागाजिनले एक व्यक्ति या मानिसहरू जो सबैभन्दा बढी समाचारहरुमा रहे वा मानिसको जीवनलाई राम्रो या नराम्रो कारणले प्रभावित गरे तथा उनीहरुले गरे जुन यो वर्ष निकै जरूरी थियो ।
यस उपाधीको लागि अन्य फाइनालिष्टहरूमा अमेरिकाका फर्ग्युशनका प्रदर्शनकारी, रूसी राष्ट्रपति भ्यालिमिर पुटिन, चीनका व्यवसायी ज्याक मा, एप्पलका सीईओ टिम कुक र इराकका कुर्दीश नेता मसूद बजरानीलगायतका समावेश थिए । अघिल्लो वर्ष पोपले यो उपाधी जितेका थिए ।