खानाले शरीर बनाउछ । जस्तो खानुहुन्छ, तपाईको शरीर त्यस्तै बन्छ । खाना खादा केही नियमको पालना गर्न सकिएन भने स्वास्थ्य सम्बन्धि अनेक समस्या उब्जिन सक्छ । मिलाएर खान जाने उमेर बढेपनि जवान र स्फूर्त रहन सकिन्छ ।
यस्तो अवस्थामा भोजन नगर्नुस्
- मल—मूत्र नफाली
- झगडा र अशान्त वातावरणमा
- अत्याधिक होहल्ला भएको ठाउँमा
- पीपल, वर जस्ता वृक्षको मुनि बसेर
शास्त्रमा उल्लेख गरिए अनुसार दिनमा केबल दुई पटक खाना खानुपर्छ । बिहान र बेलुकाको समय पाचन अंग उर्जाशिल हुनेगर्छ । सूर्याेदय भएको दुई घण्टा पछि र सूर्यास्त हुनुभन्दा दुई घण्टा पहिले जठराग्नि प्रभाबशिल रहने हुदा भोजन यही समयमा गर्नूृ उत्तम देखिन्छ । दिनको अरु समयमा भोक लागे फलफूल खानु स्वास्थ्यका लागि हितकारी मानिन्छ ।