घ्यु खानुस् दुब्लाउनुस्, अरू के खाने दुब्लाउन ?

1095
  •  
  •  
  •  

gheeमानिसको खानपान र दैनिक दौडधुपका कारण मानिसमा मोटोपनको समस्या निकै धेरै देखिन थालेको छ । यसमा पनि पेट बढ्ने समस्याले त झन् धेरैलाई सताएको छ । दैनिक जीवनमा खाने पानलाई मात्र ध्यान दिन सके यसको समाधान गर्न सकिन्छ ।

यस्तै, हामीले दैनिक जीवनमा प्रयोग गर्ने केही खानेकुराले हाम्रो तौल बढाउने अनुमान गर्दै आएका छौ । तर, केही यस्ता खानेकुरा छन् जसले तौल बढाउँछ भन्दै हामी प्रयोग गर्न गाह्रो मान्छौ, ती खानेकुरा वास्तवमा तौल बढाउन भन्दा पनि तौल घटाउन प्रयोग गर्न सकिन्छ । केही त्यस्ता खानेकुराहरू यस्ता छन्:

घ्युः सामान्यतया घ्युलाई चिल्लो बढी भएको र यसले तौल बढाउने खानेकुरा भन्दै सकेसम्म खान खोज्दैनौ, तर घ्युले शरिरको तौल घटाउन मद्धत गर्ने चिकित्सकहरूले जनाएका छन् । घ्युमा हुने कज्यूगेटिड लिनोलेनिक फ्याक्टी एसिडले तौल कम गर्न मद्धत गर्छ । साथै क्यान्सरको रोकथाम गर्न समेत मद्धतगार हुने चिकित्सकहरूले बताएका छन् । घ्युमा पाइने अर्को एमिनो एसिडले शरिरमा रहेको फ्याटलाई परिचालन गर्छ, जसले फ्याट सेलको आकार कम हुन्छ । त्यसैले दिनमा दुई चम्चा घ्यु खानु फाइदाजनक हुने चिकित्सक बताउँछन् ।

मेवा र जैतुनः अनस्याचुरेटेड फ्याट पाइने मेवा र जैतुनको प्रयोगले मुटुलाई फाइदा गर्छ । यसमा हुने एलडीएल कोलेस्ट्रोललाई कम गर्ने क्षमता हुन्छ र त्यसले लाइपोप्रोटिन(एचडीलएल) कोलेस्ट्रोलको मात्रालाई बढाउँछ । यसले शरिरलाई फिट र हेल्दी राख्नका लागी मद्धत गर्छ ।

बदामः बदामलाई स्वस्थ स्न्याक्सको रूपमा प्रयोग गर्न सकिन्छ । एक मुठ्ठी बदाममा १४ ग्राम बोसो हुन्छ । बदाममा बोसोका साथै भिटामिन र अन्य मिनरल पनि धेरै मात्रामा पाइन्छ । ड्राइ फ्रुट्सले छाला स्वस्थ र नरम बनाउँछ ।

माछाः माछालाई पनि धेरै बोसोयुक्त आहारा मान्ने गरिन्छ । किनकी यसमा ओमेगा-३ फ्याक्टी एसिड हुने गर्छ । सालमन माछालाई सबैभन्दा धेरै फाइदाजनक माछाको रूपमा लिइन्छ । यसका साथै म्याकेरेल, टुना र सार्डिनेस खानाले पनि मुटुको समस्या कम हुन्छ ।

जैतुनको तेलः  जैतुन र जैतुनको तेल पनि शरिरका लागि फाइदाजनक हुन्छ । जैतुन मन पर्छ भने सलादमा प्रयोग गर्नु राम्रो हुन्छ । यदी खान सकिँदैन भने यसलाई ओलिभ आयलको रूपमा पनि प्रयोग गर्न सकिन्छ । जैतुनको तेलले मालिस गर्नाले शरिरलाई उर्जा पाउन सकिन्छ र रक्तसञ्चार पनि राम्रो हुन्छ ।

अण्डाः अण्डामा शरिरका लागि आवश्यक पर्ने सबै पौष्टिक तत्व पाइन्छ । एउटा ठुलो अण्डामा मात्र ५ ग्राम बोसो हुन्च । यसकारण दैनिक एक अण्डा ब्रेकफास्टमा खानु राम्रो हुन्छ । अण्डाको बोसो फाइदाजनक हुन्छ ।


  •  
  •  
  •