नौ जिल्लालाई स्वायत्त लिम्बुवान प्रदेश बनाउन माग गर्दै पूर्व बन्द

318
  •  
  •  
  •  

Limbuwanमोरङ, ३० कात्तिक (ओएनएस) : अरुणपूर्णका ९ जिल्लालाई लिम्बुवान स्वायत्त प्रदेश बनाउन गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै संघीय लिम्बुवान पार्टीले गरेको बन्दको कारण पूर्वाञ्चलको जनजिवन प्रभावित बनेको छ ।

पार्टीले २०६४ सालमा सरकारसँग भएको पाँच बुदे सम्झौताको आधारमा राज्य पुनर्सरचना हुनु पर्ने माग राख्दै पूर्व बन्दको आह्वान गरेको हो । बन्दको कारण अरुणपूर्णका  सवारी साधन चल्न सकेका छैनन् भने बजार फाट्ट फुट्ट मात्र खुलेको छन् । स्कुल, कलेज तथा कलकारखाना पूर्ण रुपमा बन्द छन् ।

लिम्बुवान हुनुपर्ने माग गरिएका जिल्लाहरु सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, संखुवासभा, ताप्लेजुङ, इलाम र झापामा बन्दको प्रत्यक्ष प्रभाव परेको छ ।


  •  
  •  
  •