खाना खाएरै घटाउनुस् मोटोपन…

212
  •  
  •  
  •  

शरिरमा मोटोपन बढ्दै गएपछि आफ्नो तौल नियन्त्रण गर्नका लागि सबै चिन्तित हुने गर्छन् । क्यालोरी कम गर्नका लागि मानिसले सबैभन्दा सहज उपायका रूपमा डायटिङ मान्छन् र डायटिङ सुरू गर्छन् । तर, डायटिङले मानिसको तौल त कम हुन्छ नै साथसाथै शरिरको प्रतिरोधी क्षमता पनि कमजोर बन्छ, जसले गर्दा मानिसले विभिन्न बिमारीहरूबाट ग्रसित हुनुपर्ने हुन्छ । यो समस्याबाट बच्नका लागि डायटिङभन्दा अन्य तरिकाहरू अपनाउनु उपयुक्त हुन्छ ।

केही यस्ता उपायहरू छन्, जसले क्यालोरी कम गर्न मद्दत गर्छ :
– खानामा रहेको सुगरको मात्रा कति छ त्यो जान्नु जरूरी हुन्छ । एक चम्चा चिनीमा २० किलो क्यालोरी हुन्छ । अनुसन्धानका अनुसार एक सामान्य मानिस दैनिक रूपमा ७० ग्राम अर्थात् १४ चम्चा चिनी खाने गर्छ । जसले क्यालोरी बढाउने काम गर्छ । सुगरको ठाऊँमा कफीमा दालचिनी र चियामा अलैँचीको प्रयोग गर्नु फाइदाजनक हुन्छ । ग्रीन टीमा चिनी र महको प्रयोग नगर्नु राम्रो हुन्छ ।

– खाजामा गँहु या जौबाट बनेका खानेकुराहरू खानाले कर्नफ्लेक्सभन्दा ३१ प्रतिशत क्यालोरी कम गर्न सकिन्छ । ४ सय ५० किलो क्यालोरी खाने मानिसले गहुँ या जौबाट बनेको खानेकुरा खाने गरे १ सय ३९ किलो क्यालोरी कम हुन सक्छ ।

– प्लेटको साइज १२ इन्चबाट १० इन्च बनाउने । यस्तो गर्नाले क्यालोरीको प्रयोग २२ प्रतिशतसम्म कम गर्न सकिन्छ । एक पटक सामान्य व्यक्तिले खाना खाँदा ५ सय क्यालोरी खाने गर्छ । यस हिसाबले प्लेटको साइज घटाउँदा करिब १ सय किलो क्यालोरी कम हुन सक्छ ।

– फलफूल या हरियो सागसब्जीबाट बनेको सलादको साथमा खाना खान सुरू गर्नाले १२ प्रतिशत क्यालोरी कम गर्न सकिन्छ । सलाद र फलमा रहेको फाइबर र पानीले पेट भरिन्छ । यसले धेरै क्यालोरी भएको खानेकुरा कम खान मद्धत गर्छ ।


  •  
  •  
  •