पपुवा न्यूगिनीको सामुद्रिक क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प

93
  •  
  •  
  •  

एजेन्सी : पपुवा न्यूगिनीको सामुद्रिक क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।

मंगलबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) ले जनाएको छ ।

भूकम्प गए लगतै उक्त क्षेत्रमा खतरनाक सुनामीका तरङ्ग उत्पन्न हुनसक्ने प्यासिफिक सुनामी वार्निङ सेन्टरले चेतावनी दिएको छ ।

युएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु पपुवा न्यूगिनीको उत्तरपूर्वी कोकोपो टापूमा पृथ्वीको सतहदेखि ४४ किलोमिटरको गहिराइमा रहेको छ ।


  •  
  •  
  •