इक्वेडरमा भूकम्प, १६ जनाको मृत्यु, चार सय घाइते

30
  •  
  •  
  •  

एजेन्सी । पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन् भने चार सयभन्दा बढी घाइते भएका छन्।

संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ। इक्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन् भने भत्केका भवनका भग्नावशेषमा सवारी साधन पुरिएका छन्।

केही सवारी साधन कुच्चिएका छन्। भूकम्पबाट भयभीत बासिन्दा सडकमा दौडिएका थिए। एल ओरो प्रान्तमा ११ जनाको मृत्यु भएको जनाइएको छ। भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको छ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here