एजेन्सी । क्रोएसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये पेट्रिन्जा सहरकी एक १२ वर्षीया बालिका पनि छिन् । क्रोएसियाका प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्ने भएका छन् ।
जीलिना सहरमा पाँच जनाको मृत्यु भएको थियो । त्यस्तै जाजिनाको चर्चमा एकजना मृत भेटिएका थिए । पेट्रिन्जाका मेयरले सहरको आधाभन्दा धेरै घरहरु ढलेर ध्वस्त भएको बताएका छन् । यो भूकम्पको धक्का क्रोएसियाको राजधानी जाग्रेबका साथै छिमेकी मुलुकहरु बोस्निया र सर्बियामा पनि महसुस गरिएको थियो ।