सोलुखुम्बु केन्द्र बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प

158
  •  
  •  
  •  

काठमाडौं ४ पुस । नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति ९ बजेर १८ मिनेटमा काठमाडौंबाट एक सय २३ किलोमिटर पूर्वस्थित सोलुखुम्बुको खुम्जुङ क्षेत्रलाई केन्द्र बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो ।

करिब ३ पटकसम्म भूकम्पको धक्का महसुस भएको हो । सोलुको नाम्चे बजारबाट २१ किलोमिटर दक्षिण पश्चिमलाई केन्द्र बनाएर गएको भूकम्पले देशको आधाजस्तो भूभाग हल्लाएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले सोलुखुम्बुलाई केन्द्र बनाएर ५।९ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का पूर्वी र मध्य नेपालका जिल्लासहित काठमाडौं उपत्यकामा पनि महसुस भएको छ । रातिको समयमा भूकम्प गएपछि काठमाडौं उपत्यकाबासी आत्तिँदै घरबाहिर निस्केका छन् । भूकम्पले मानवीय र भौतकि क्षति पुर्याएको जानकारी प्राप्त नभएको प्रहरीको भनाइ छ ।

भूकम्पले भारतको उत्तर प्रदेश र बिहार राज्य तथा चीनको भूभागमा पनि हल्लाएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार बिहारको राजधानी पटना र अन्य सहरहरु दरभंगा, मुजफ्फरपुर, मधुबनी र सुपौलमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले भारतको उत्तर प्रदेश र बिहार राज्यमा विभिन्न क्षेत्र समेत हल्लाएको थियो ।

यसअघि मंसिर ९ गते राति ४ दशमलव ५ म्याग्नीच्यूटको भूकम्प गएको थियो ।


  •  
  •  
  •