राष्ट्रपतिद्वारा बारपाकमा भूकम्प स्मृति पार्कको शिलान्यास

142
  •  
  •  
  •  

काठमाडौँ, १२ बैशाख(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकमा भूकम्प स्मृति पार्कको शिलान्यास गरेकी छन् ।

महाभूकम्पको वर्षदिन पुगेको अवसरमा हेलिकोप्टरमार्फत बारपाक पुगेकी राष्ट्रपति भण्डारीले स्मृति पार्कको शिलान्यास गरेकी हुन् । यस्तै, उनले बारपाक–४ का गोपाल बिकको नयाँ घर निर्माणको शिलान्यास पनि गरेकी छन् ।

उनले स्मृति शिलान्यास गरेपनि कुनै सम्बोधन भने गरिनन् । स्थानीयबासीले भने राष्ट्रपतिले औपचारिक सम्बोधन नगरेकोमा आक्रोश पोखेका थिए ।

बारपाकमा पार्क र पीडितको घर शिलान्यासको कार्यक्रम सकेरपछि राष्ट्रपति भण्डारी लाप्राकतर्फ प्रस्थान गरेकी थिइन् ।


  •  
  •  
  •