काठमाडौँमा भूकम्पको धक्का महशुस

122
  •  
  •  
  •  

काठमाडौँ, १ मंसिर(ओएनएस) : काठमाडौँमा मंगलबार साँझ भूकम्पको धक्का महशुस गरिएको छ । आज साँझ ६ बजेर ५५ मिनेटमा ४.३ रेक्टर स्केलको पराकम्पन गएको हो ।

भूकम्पको केन्द्रबिन्दु रसुवाको समरथली रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । रसुवामा गएको यो पराकम्प गत बैशाख १२ गतेको भूकम्पको प्रभावका कारण गएको मापन केन्द्रले जनाएको छ ।

यसअघि कात्तिक २७ गते सिन्धुपालचोक जिल्लालाई केन्द्र बनाएर पराकम्प गएको थियो । उक्त पराकम्प ४.२ रेक्टर स्केलको रहेको थियो ।


  •  
  •  
  •