एकै दिनमा दुई पराकम्प, गोरखा र धादिङ केन्द्रबिन्दु

238
  •  
  •  
  •  

काठमाडौँ, २९ बैशाख(ओएनएस) : विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पराकम्पहरू आउने क्रम रोकिएको छैन् । गोरखामा केन्द्रबिन्दु भएको गएको पहिलो भूकम्पपछि आएको अर्को ठूलो भूकम्प गएकै दिनमा आज बैशाख २९ गते २ ठाउँमा फरक-फरक समयमा पराकम्प गएको छ ।

आज बिहान धादिङलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो भने आज दिउँसो गोरखालाई केन्द्र बनाइर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ । आज बिहान धादिङको मार्पाक गाविसमा ७ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो । यस्तै, गोरखाको सदरमुकाम नजिकै ताप्ले भन्ने ठाउँमा दिउँसो २ बजेर ३७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Date (YYYYMMDD) Local time Latitude Longitude Magnitude(ML)
(≥4 only )
Remarks Epicentre Form
2016/05/11 14:37 28.01 84.68 4.5 NSC Gorkha
2016/05/11 07:04 28.01 84.94 4.4 NSC Dhading
2016/05/05 10:31 28.24 84.99 4.1 NSC Gorkha/Dhading

भूकम्प गएपछि धादिङ र गोरखामा केहीबेर भागाभाग भएको बताइएको छ । भागाभागका क्रममा गोरखामा केही व्यक्ति घाइते समेत भएको बताइएको छ । पराकम्पपछि गोरखाका विद्यालयहरू बन्द गरिएको थियो ।


  •  
  •  
  •