इक्वेडर भूकम्प : मृत्यु हुनेको संख्या ७७ पुग्यो, ५०० घाइते

557
  •  
  •  
  •  

काठमाडौं ५ (एजेन्सी) : इक्वेडरमा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी मर्नेको संख्या ७७ पुगेको छ । कम्तीमा ५ सय ८८ घाइते भएका छन् ।

त्यहाँको सरकारले राष्ट्रिय विपद आइपरेको भन्दै आपतकालीन अवस्था घोषणा गरेको छ । हजारौँ मान्छेको भागाभाग चलेको छ । उनीहरु आवास छाडेर खुला ठाउँ खोज्दै भौँतारिरहेका दृश्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् ।

वृद्ध, बालबालिका, अशक्त र गर्भवती महिला बढी संकटमा रहेको रिपोर्टहरुमा उल्लेख छ । ठूल्ठूला भवन संरचनाहरु भत्केका छन् । सहर र बजारका भीडभाडमा भागदौड र कोकोहोलो मच्चिएको छ ।

सम्बन्धित समाचार 

ecuader earthquake7 ecuader earthquake6 ecuader earthquake5 ecuader earthquake4 ecuader earthquake3 ecuader earthquake2 ecuader earthquake ecuader earthquake eco

 

 

 

 

 

तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू

 

फेरि अर्को शक्ति शाली भूकम्प, कम्तिमा ४१ को मृत्यु

फेरि अर्को शक्ति शाली भूकम्प, कम्तिमा ४१ को मृत्यु


  •  
  •  
  •