पोखरामा ४.८ रेक्टर स्केलको भूकम्प

275
  •  
  •  
  •  

earthquakeकाठमाडौ, १७ माघ(ओएनएस) : पोखरा नजिकै आज बेलुका भूकम्प गएको छ । भूकम्प ४.८ रेक्टर स्केल बराबरको थियो । भूकम्पको धक्कापछि मानिसहरू घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ लागेको पोखरास्थित हाम्रा सम्वाददाताले जनाएका छन् ।

अमेरिकी भूकम्प मापन संस्था युएसजिएसका अनुसार उक्त भूकम्प नेपाली समयअनुसार ७ बजेर ४४ मिनेट ४३ सेकेण्ड जाँदा गएको थियो । युएसजिएसले अन्तराष्ट्रिय स्तरमा भूकम्पका धक्काहरू रियल टाइममा मापन गर्ने गर्छ । उक्त भूकम्पको गहिराई ६ किलोमिटर रहेको युएसजिएसले जनाएको छ ।


  •  
  •  
  •