मेक्सिकोमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी

211
  •  
  •  
  •  

earthquake-graphic
मेक्सिको सिटी, २३ भदौ (एजेन्सी) : मेक्सिकोमा बिहीबार राति शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले भूकम्प ८ म्याग्निच्युडको भूकम्प मापन गरिएको जनाएको छ ।

भूकम्प गएको क्षेत्र मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भए पनि भूकम्पको धक्का राजधानीसम्म पनि कम्पन महसुश गरिएको थियो ।

भकम्पपछि सुनामी आउन सक्ने चेतावानी पनि दिइएको छ । चिप्सा राज्यको ट्रेस पिकोस सहरबाट भूकम्पको केन्द्रबिन्दु करिब १२० किलोमीटर दक्षिणतर्फ रहेको बताइएको छ ।

प्रारम्भिक सूचना अनुसार उक्त भूकम्प निकै शक्तिशाली रहेकोले ठूलो क्षतिको अनुमान गरिएको छ । मेक्सिकोको गृह मन्त्रालयले उद्वारका लागि पनि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटाएको जनाएको छ ।

सैबीच उक्त भूकम्पका कारण सुनामी आउनसक्ने चेतावानी दिइएकोले समुद्री क्षेत्रहरुमा सतर्कता अपनाइएको छ ।
समुद्री सतहका बस्तीहरु खाली गर्ने क्रम सुरु भएको छ । भूकम्प शक्तिशाली भएकोले सामुद्रिक किनारवरिपरी निकै नै खतरा रहेको सूचना सार्वजनिक रुपमा जारी गरिएको छ ।


  •  
  •  
  •