फेरी भूकम्पको धक्का, तीन दिनपछि दुईपटक हल्लायो

179
  •  
  •  
  •  

काठमाडौ, २७ जेठ(ओएनएस) : गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि पराकम्प आउने क्रममा कमी आएको छ । दैनिक जसो भूकम्पको धक्का आइरहने क्रम रोकिएको छ ।

आज दुईपटक भूकम्पको धक्का गएको छ । भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो १ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपालचोकलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । यस्तै, आज बिहान पनि २ बजेर ५० मिनेट जाँदा सिन्धुपालचोकलाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

Date (YYYYMMDD) Local time Latitude Longitude Magnitude(ML)
(≥4 only )
Remarks Epicentre Form
2015/06/10 13:36 27.80 85.61 4.3 NSC Sindhupalchowk
2015/06/10 02:50 27.87 85.81 4.1 NSC Sindhupalchowk
2015/06/07 22:35 27.87 86.13 4.1 NSC Dolakha

यसअघि गत २४ गतेका दिन दुईवटा भूकम्पका धक्का महसुस गरिएपछिको यो भूकम्पको धक्का पहिलो हो । अर्थात् ३ दिनपछि भूकम्पको धक्का महसुस गरिएको छ । ३ दिनअघि सिन्धुपालचोकमा ४.६ रेक्टर स्केल र दोलखामा ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि आजमात्र भूकम्पको धक्का महसुस गरिएकाले अब भूकम्पको धक्का घटेको थाहा पाउन सकिन्छ ।

ठूलो भूकम्पपछि पराकम्पन जाने क्रम लामो समयसम्म चलेपछि अब भने केहि कम भएको छ र मानिसले केही राहतको स्वास फेर्न थालेका छन् । निकै लामो समयदेखी घरभित्र जान डराएकाहरू समेत अब भूकम्प नजाने भन्दै घरभित्र नै सुत्न थालेका छन् ।


  •  
  •  
  •